योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस् « Khabarhub

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने बताएका छन्।

उनले प्रतिशोध र बदलाको राजनीति भन्दा संवाद र सहकार्यको बाटो अपनाउन सरकारलाई आग्रह गरेका छन्।
‘लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक होइन, संयम हुनु पर्दछ। प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानु पर्दछ,’ भट्टराईले उल्लेख गरेका छन्।

उनले कानुनी राज्य र विधिको शासनको उपहास स्वीकार्य नभएको उल्लेख गर्दै घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन्।

यसका साथै, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस नेता लेखकको गिरफ्तारीको निन्दा गर्दै अविलम्ब रिहाइको माग गरेका छन्।

भट्टराईले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो पार्टीले कानुनी र राजनीतिक बाटो अपनाउने बताएका छन्।

उनले संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०६ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।