गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू « Khabarhub

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे आकस्मिक निरीक्षण गर्दै उनले प्रहरी अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

‘जनतालाई दुख दिने गरि भीआईपीलाई स्पेशल ट्रिट गर्ने हाेइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिककाे सेवक हौँ’ मन्त्री गुरूङले भने ।

गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने बताएका छन् । उनले भीआईपी सवारीका नाममा आमनागरिकलाई दु:ख नदिन पनि निर्देशन दिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ४ : १० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको