गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार « Khabarhub

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् ।

स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो ।

सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका मेडिकल रेकर्ड निरीक्षक वुद्धिसागर अधिकारीले २०७६ अघि चार जना, २०७६ मा १० जना, २०७७ मा ३३, २०७८ मा आठ जना, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक जना र २०८२ मा ६ जनाले सेवा लिएको जानकारी दिए ।

यो सेवा सबैभन्दा बढी लिनेमा बागलुङका ३० महिला रहेका छन् । यसैगरी म्याग्दीका १८, गोरखाका छ, मुस्ताङका पाँच, लमजुङका चार र पर्वत र मनाङका दुई दुई जना छन् । दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्धार कार्यक्रम प्रभावकारी बनेको अधिकारीले बताए । उनले पछिल्लो समय हवाई उद्धार गर्नुपर्ने अवस्था भने कम भएको बताए ।

गण्डकी प्रदेश सरकारबाहेक सङ्घीय सरकारले समेत हवाई उद्धार कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारले तोकिएको दुर्गम क्षेत्रबाट मात्र हवाई उद्धार सेवा प्रदान गरेपनि गण्डकी प्रदेश सरकारले भने प्रदेशको जुनसुकै स्थानबाट समेत उद्धारको प्रबन्ध गरेको छ । (रासस)

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : ०३ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक