चुलाचुलीका सडक धमाधम कालोपत्रे « Khabarhub

चुलाचुलीका सडक धमाधम कालोपत्रे


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ । सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा कालोपत्रे गरिएको छ । 

कतिपय सडक कालोपत्र सम्पन्न भएका छन् भने कतिपय सडकहरू कालोपत्र सुरु गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८२-०८३ मा विभिन्न पाँचवटा बहुवर्षे सडक कालोपत्र सुरु भएको छ। सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकासँगको ५०-५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड र प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०-५० प्रतिशत लागत साझेदारीमा दुईवटा खण्ड कालोपत्र सुरु भएको छ । 

सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत चुलाचुली वडा नं १ देखि ६ सम्म ९सबै वडा० जोड्ने चुलाचुली मार्गको १ नं वडा खण्ड कालोपत्रे धमाधम भइरहेको छ । 

शिववरक मन्ट्रक्सन प्रालि झापाले एक करोड आठ लाखमा ७७६ मिटर कालोपत्र गर्नेगरी सम्झौता भएको चुलाचुली गाउँपालिकाका इन्जिनियर (छैटौँ) डिल्लाराज खड्काले जानकारी दिए । त्यस्तै सो मार्गको वडा नं ५ खण्डको एक हजार १०० मिटर खण्डसमेत कालोपत्र भइरहेको छ । मधुमल्ला निर्माण सेवा मोरङले रु ९० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको छ । 

प्रदेश समपूरक कोषअन्तर्गत गाउँपालिकासँगको ५०-५० प्रतिशत लागत साझेदारीमा चुलाचुली–२ को हिमाली मार्ग ९स्वामीचोक दक्षिण० कालोपत्रे सुरु भएको छ । 

स्वामीचोकदेखि झापाको कमल गाउँपालिकास्थित केर्खा बजार जोड्ने सो सडक ग्यालेक्सी कन्ट्रक्सन झापाले ८२ लाख २४ हजारमा ठेक्का सम्झौता गरी कालोपत्र सुरु गरेको छ । यस वर्ष ९७० मिटर कालोपत्र हुनेछ । सो सडक खण्डको दुई किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ । 

सोही कार्यक्रमअन्तर्गत चुलाचुली–४ को माङहिम मार्ग कालोपत्रे सुरु भएको छ । झापाको कमल गाउँपालिका र चुलाचुली गाउँपालिकाको सीमा क्षेत्र माङहिम मार्ग प्रवेशद्वारदेखि मदन भण्डारी राजमार्ग जोड्ने सो सडक यस वर्ष एक हजार १७५ मिटर कालोपत्रे हुने खड्काले जानकारी दिए ।

स्टार चुलाचुली कन्ट्रक्सन झापाले एक करोड दुई लाखमा ठेक्का सम्झौता गरेर काम भइरहेको छ । सो सडक खण्डको तीन किलोमिटर यसअघि नै कालोपत्र भइसकेको छ । 

त्यस्तै गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत एक सडक कालोपत्रे सुरु गरिएको इन्जिनियर (सातौँ) विकल खनालले जानकारी दिए । चुलाचुली–५ स्थित मदन भण्डारी मार्गदेखि गुम्बा जोड्ने सडक कालोपत्र सुरू गरिएको छ । यस वर्ष ९२ लाख ७१ हजार ४९३ को लागतमा एक हजार २०५ मिटर कालोपत्र हुने खनालले जानकारी दिए । 

त्यस्तै गाउँपालिकाको बहुवर्षे योजनाअन्तर्गत पाँचवटा सडक खण्ड निर्माण र स्तरोन्नतिको काम सुरु भएको छ । चुलाचुली–१ स्थित कृषि मार्गको एक हजार २४० मिटर खण्ड एक करोड नौ लाख ५७ हजार ९६२ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–२ स्थित छथरे टोल र अर्नाखाडी सडकखण्डको एक हजार १४० मिटर खण्ड रु ९३ लाख चार हजार ३५१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । 

त्यसैगरी चुलाचुली–३ स्थित पिटिओ टोल र महमाई सडकखण्डको ७२० मिटर खण्ड रु ९६ लाख ४४ हजार ५८५ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । चुलाचुली–४ स्थित छिमेकी टोल र त्रिवेणी आइतबारे (पश्चिम) सडकखण्डको ९६० मिटर खण्ड रु ९० लाख ४५ हजार ९९१ को लागतमा निर्माण र स्तरोन्नति सुरु भएको छ । 

त्यस्तै तुलसी मार्ग–किरात चोक मार्ग–शान्ति चोक मार्ग (उत्तर) सडकखण्डको एक हजार ४२० मिटर खण्ड निर्माण र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिएको खनालले जानकारी दिए । सो सडकखण्डका लागि रु एक करोड ३४ हजार ८१ को लागत अनुमान गरिएको उनले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाका सबै टोलमा कालोपत्र सडकको पहुँच पुर्याउन सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको गाउँपालिका अध्यक्ष केरुङले बताए। चुलाचुली गाउँपालिकाले यसअघि नै छवटै वडा कार्यालय जोड्ने चुलाचुली मार्गको प्रत्येक वडा खण्ड कालोपत्र गरेको थियो । पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माणाधीन मदन भण्डारी मार्गलाई जोड्ने लक्ष्यका साग गाउँपालिकाले सडक कालोपत्र गर्ने प्राथमिकता दिएको अध्यक्ष केरुङले बताए। 

‘टोलटोलमा विस्तार भएका कतिपय सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको छ भने कतिपय गाउँपालिकाले आफ्नै बजेट विनियोजन गरेर कालोपत्र गरेको छ’, अध्यक्ष केरुङले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत कालोपत्रेलाई प्राथमिकता दिनेछौँ ।’
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : २१ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले