जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन « Khabarhub

जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएका सरकारी गाडीका नाममा समेत कर्मचारीले इन्धन लिइरहेको खुलेको छ।

उक्त कुरा खुलासा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्।

‘जेन-जी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले छानबिनका लागि मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छन् ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी जम्मा २४ वटा गाडी जलाइको थियो।

भदौ २४ गते जलाएर पूर्ण रूपमा क्षति भई कामै नलाग्ने अवस्थामा पुगेका ती सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको थियो।

जलिसकेका गाडीका नाममा पनि कर्मचारीहरूले बिल बनाएर भुक्तानी लिइरहेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ३० बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन