अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान « Khabarhub

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।

मंगलबार काठमाडौंमा वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको जनाएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो । 

त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको कार्यालयले जनाएको छ ।

जसअनुसार, चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमल प्रसाद पोख्रेलले जानकारी दिए । 

त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको उनले बताए ।

नीति निर्माणका क्रममा तथ्याङ्कको अधिकतम प्रयोगका लागि समेत तथ्याङ्क कार्यालयका आँकडा महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले अन्तराष्ट्रिय मापदण्डका आधारमा नै तथ्याङ्क बनाउने गरेको उल्लेख गरे ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ४ : २४ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण