काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल « Khabarhub

काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल

दोस्रो सेमिफाइनलमा भारत र कजाकिस्तानको भेट


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको नेपालले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। नेपालले दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

निरुता ठगुन्ना कप्तान रहेको नेपाली टिममा उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : १९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का