फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला « Khabarhub

फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर अहिलेसम्म दुवै देशले युद्धविराम समाप्त भएको घोषणा गरेका छैनन्।

इरानी सञ्चारमाध्यमका अनुसार चारवटा जहाज हर्मुज स्ट्रेटबाट जाँदै गर्दा गोली हानिएको छ। तीमध्ये एक अमेरिकी तेल ट्यांकर पनि थियो। यी जहाजहरूले आफ्नो ट्र्याकिङ सिस्टम बन्द गरेर गइरहेका थिए ।

इरानी रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले जहाजहरूलाई पहिचान बताउन भनेको थियो, तर जवाफ आएन। त्यसपछि इरानी सेनाले चेतावनीस्वरूप गोली चलाएको थियो।

रिपोर्टहरू अनुसार, त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास एयरपोर्ट नजिकै तीन ठाउँमा हमला गरेको छ।

यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईरजीसी) ले एक अमेरिकी एयरबेसमा हमला गरेको जनाएको छ। आईआरजीसीका अनुसार यो हमला बन्दर अब्बास एयरपोर्ट नजिक अमेरिकाले गरेको हमलाको जवाफमा गरिएको हो।

यद्यपि, इरानले कुन आधारमा कुन एयर बसेमा हमला गरेको हो भन्ने खुलाएको छैन। इरानी सेनाले कुवेतमा रहेको अमेरिकी बेसलाई निशाना बनाएको बताइएको छ।

तस्नीम न्यूज एजेन्सीका अनुसार, आईआरजीसीले वक्तव्य जारी गर्दै जुन एयरबेसबाट अमेरिकी हमला भएको थियो, त्यसलाई स्थानीय समयअनुसार बिहान ४:५० बजे निशाना बनाइएको थियो।

बन्दर अब्बासनजिक तीन विस्फोट

इरानी सरकारी मिडियाका अनुसार, हर्मुज स्ट्रेटनजिकैको बन्दर अब्बास शहरको पूर्वी भागमा मंगलबार बिहान तीनवटा ठूला विस्फोटको आवाज सुनिएको थियो।

विस्फोटलगत्तै इरानले केही समयका लागि आफ्नो एयर डिफेन्स सिस्टम सक्रिय पारेको थियो। तर विस्फोट किन भएको हो भन्ने अझै स्पष्ट भएको छैन।

ओमानलाई उडाउने धम्की

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटबारे ठूलो बयान दिएका छन्। उनले यो अन्तर्राष्ट्रिय समुद्री मार्ग कुनै एक देशको नियन्त्रण हुन नसक्ने बताएका छन् ।

‘दुनियाका सबै जहाजहरूलाई यहाँबाट आवतजावत गर्ने स्वतन्त्रता हुनुपर्छ। हामी यसमा निगरानी राख्छौं, तर कसैले पनि यसलाई नियन्त्रण गर्न पाउने छैन’, उनले भने ‘इरानले यसलाई नियन्त्रण गर्न खोजेको छ, तर त्यो हुन दिइने छैन। यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो। ओमानले पनि अन्य देशहरू जस्तै व्यवहार गर्नुपर्छ, होइन भने हामीलाई उसलाई उडाउनु पर्ने हुन सक्छ।’

उता इरानको परमाणु कार्यक्रमबारे ट्रम्पले स्पष्ट रुपमा परमाणु हतियार राख्न नदिने बताएका छन्। उनको भनाइ छ, ‘यदि इरानसँग परमाणु हतियार आयो भने उसले त्यसको प्रयोग गर्न सक्छ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिका पहिले वार्ताबाट समाधान निकाल्न चाहेको बताए, तर इरानले कहिल्यै पनि परमाणु हतियार नपाउने उनको मत छ ।

उता ट्रम्पले इरानबारे कडा बयान दिँदै अहिले पनि इरानसँग सम्झौता गर्न तयार रहेको बताए । तर सम्झौता पूर्ण रूपमा अमेरिकाको शर्तअनुसार मात्र हुने उनको जिकिर छ ।

ट्रम्पले हालको तनाव र कारबाहीपछि इरान निकै कमजोर भएको बताए।

‘इरानको नौसेना र वायुसेनालाई ठूलो क्षति पुगेको छ। इरानको अर्थव्यवस्था पनि अत्यन्त खराब अवस्थामा छ। त्यहाँ महँगी अत्यधिक बढेको छ । देशको मुद्राको मूल्य लगातार घटिरहेको छ’, उनले भनेका छन्।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १ : ५० बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी