ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ? « Khabarhub

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको शैलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा कुश्ती भिडाउने तयारी गरिरहेका छन् ।

अमेरिकी कुश्ती (मिक्स्ड मार्शल आट्र्स) कम्पनी यूएफसीका मालिक डाना ह्वाइटसँग निकट सम्बन्ध रहेका ट्रम्पले जुन १४ मा कुश्ती भिडाउन लागेका हुन् ।

अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना हुने कुश्ती प्रतियोगिता आगामी जुन १४ मा हुने तय भएका छ । रोचक कुरा त के छ भने जुन १४ मा जन्मदिन पर्ने ट्रम्प ८० वर्ष पूरा हुँदैछन् ।

अहिले ह्वाइट हाउसमा यूएफसीको तयारी जोडतोडले चलिरहेको छ । ह्वाइट हाउसको दक्षिणी चौरमा ठूला संरचना निर्माणको काम जारी छ ।

यूएफसी २५० नाम दिइएको प्रतियोगितामा दुनियाँका नामी पहलवान भिड्ने तयारीमा छन् । यो प्रतियोगिता हेर्न हजारौँ दर्शक आउने अपेक्षा गरिएको छ ।

कोमोडसले ग्लाडिएटर भिडेजस्तै कुश्तीका ठूला फ्यान ट्रम्प कुनै समय डब्लूडब्लूईमा आफैँ कुश्ती भिड्न पुगेका थिए । ट्रम्प यूएफसीका प्रतियोगिता पनि बारम्बार हेर्न जाने गर्छन् ।

यतिसम्म कि इरानी प्रतिनिधिमण्डलसँग उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको इस्लामावादमा शान्ति वार्ता गरिरहेका बेला ट्रम्प चाहिँ कुश्ती हेरिरहेका थिए ।

यसैबीच, बिहीबार सम्पन्न यूएफसी खेलमा नेपालका रवीन्द्र ढाँट विजयी भएका छन् । चीनको मकाउमा भएको प्रतिस्पर्धा अन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् ।

फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेर सेमिफाइनल यात्रा तय गरेका हुन् । अब उनले जापानी युनोसुके मिनामी र न्यूजील्याण्डका कशिब मोर्डकबीचका विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

यससँगै ढाँटले के अब ट्रम्पले ह्वाइट हाउसमा आयोजना गर्न लागेको यूएफसीमा प्रतिस्पर्धा गर्न पाउलान् भन्ने चासो उत्पन्न भएको छ ।

यूएफसीका अनुसार ढाँटले प्रतिस्पर्धा गरेको यो प्रतियोगिता यूएफसीको आधिकारिक करार प्राप्त गर्ने बाटो मात्रै हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेले यूएफसीको कन्ट्राक्ट प्राप्त गर्नेछन् । त्यसैले, ढाँटले यो प्रतियोगितामा विजयी हासिल गरेपनि ह्वाइट हाउसमा प्रतिस्पर्धा गर्न भने पाउने छैनन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : ०७ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको