राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड « Khabarhub

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले इच्छुक नेपाली नागरिकलाई आगामी जुन ५ भित्र आवेदन दिन आग्रह गर्दै आवश्यक योग्यता, अनुभव र कार्यक्षेत्र समेटिएको निर्देशिका सार्वजनिक गरेको हो ।

निर्देशिकाअनुसार राजदूत बन्न इच्छुक व्यक्तिको उमेर कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ । यस पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण अनिवार्य छ भने उच्च शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट (स्क्रिनिङ) गरी योग्य उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्‌मा पठाउनेछ । मन्त्रिपरिषद्ले सिफारिस गरेका व्यक्तिहरू संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा नियुक्त हुने व्यवस्था छ । नियुक्तिपछि राजदूतहरूले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी आफ्नो कार्यक्षेत्रमा खटिनुपर्नेछ ।

‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) अनुसार आह्वान गरिएको यस प्रक्रियामा उम्मेदवारले केही अनिवार्य मापदण्ड पूरा गर्नुपर्नेछ । जसअनुसार आवेदक नेपाली नागरिक हुनुपर्छ, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ, र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त भएको वा भ्रष्टाचार तथा नैतिक पतनसँग सम्बन्धित कसुरमा सजाय पाएको हुनुहुँदैन ।

त्यस्तै, उम्मेदवारले कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति (पीआर वा ग्रीनकार्ड) लिएको हुनुहुँदैन । नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव हुनुका साथै अंग्रेजी भाषामा राम्रो दखल आवश्यक छ ।

प्रस्तावित मुलुकसँग स्वार्थ नबाझिने र अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको पनि हुनुपर्छ । यदि विगतमा विदेशी संस्थाबाट तलब लिने पदमा बसेको भए, त्यस्तो पद त्यागेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्नेछ ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका, कूटनीतिक वा उच्च तहका सरकारी तथा कर्पोरेट नेतृत्वमा अनुभव भएका, तथा सम्बन्धित देशको भाषा जान्ने उम्मेदवारलाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

योग्य उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयबाट उपलब्ध फाराम भरी आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइन वा मन्त्रीको सचिवालयमा बुझाउन सकिनेछ । प्रारम्भिक छनोटपछि मन्त्रिपरिषद्को निर्णय, संसदीय सुनुवाइ र सम्बन्धित देशको सहमति प्राप्त भएपछि मात्रै राजदूत नियुक्ति प्रक्रिया पूरा हुनेछ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ९ : २९ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर