रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले « Khabarhub

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

कोलम्बियाले नकआउट चरणमा घाना र पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए पनि गोल हुन सकेन । पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोलेसमेत गोल गर्न सकेनन् । अधिकांश समय खेलमा कोलम्बियाले दबदबा देखाएको थियो । खेलको ९० मिनेटमा कोलम्बियाले गोल गर्ने महत्त्वपूर्ण अवसर गुमायो ।

खेल बराबरीमा सकिएसँगै कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । खेलभरि कुनै गोल हुन नसके पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक र आक्रामक बनेको थियो ।

दुवै टोलीले सुरुदेखि अन्तिम मिनेटसम्म लगातार उत्कृष्ट गोल गर्ने अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेनन् । खेलको उत्तरार्धमा दुवै पक्षका गोलकिपरहरूले केही उत्कृष्ट बचाउ (सेभ) गर्दै टोलीको संकट टारेका थिए । अन्ततः गोलको खडेरी चिर्न नसक्दा दुवै टोली १–१ अङ्कमा चित्त बुझाउन बाध्य भए ।

यो बराबरीपछि ३ खेलबाट ७ अङ्क जोड्दै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा रहन सफल भयो । समान खेलबाट ५ अङ्क जोडेको पोर्चुगलले दोस्रो स्थानमा रहँदै अन्तिम ३२ को यात्रा तय गर्‍यो । समूह विजेता बनेको कोलम्बियाले अब नकआउट चरणमा घानाको सामना गर्नेछ भने उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको चुनौती सामना गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : १४ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको