त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्दै « Khabarhub

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्दै


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

अस्पतालको स्वास्थ्य बीमा शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सञ्चालनमा आउनेछ ।

अस्पतालले बीमासम्बन्धी ओपीडी टिकट वितरणको समय पनि सार्वजनिक गरेको छ । सूचनाअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म स्वास्थ्य बीमाका टिकट बीमा टिकट काउन्टरबाट उपलब्ध गराइनेछ ।

लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।

सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन अघि बीमा बोर्डले बाँकी भुक्तानी गरेपछि अस्पतालले कार्यक्रम पुनः सुरु गर्न लागेको हो ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : २७ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ