त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्दै « Khabarhub

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्दै


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

अस्पतालको स्वास्थ्य बीमा शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सञ्चालनमा आउनेछ ।

अस्पतालले बीमासम्बन्धी ओपीडी टिकट वितरणको समय पनि सार्वजनिक गरेको छ । सूचनाअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म स्वास्थ्य बीमाका टिकट बीमा टिकट काउन्टरबाट उपलब्ध गराइनेछ ।

लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।

सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन अघि बीमा बोर्डले बाँकी भुक्तानी गरेपछि अस्पतालले कार्यक्रम पुनः सुरु गर्न लागेको हो ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : २७ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट