सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही « Khabarhub

सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभई पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्

नागरिकले ट्राफिक नियम उल्लङ्घन गर्दा एक लाख रुपैँयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्य पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

उनले बाटोमा खाल्डो मात्र भेटियो भने एक लाख जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने एक लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा पचास हजार तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा पचास हजार तिर्नुपर्ने कानुन ल्याउन कानुनमन्त्रीसमक्ष अपिल गरे । 

उनले कानुन जनता र सरकार मिलेर सहकार्यमा बनाउनुपर्नेमा जोड दिए । आम नागरिकसँगै राज्यलाई समेत उत्तरदायी बनाउने कानुन ल्याए संसद्बाट पास गर्न सहयोग गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : १४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था