संसद्‍मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस् « Khabarhub

संसद्‍मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस्


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ । 

नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरिन् ।
 
सोही पार्टीका प्रमिला गच्छदारले प्रभावित विद्यार्थीहरू आन्दोलित भइरहेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्छ भनिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगरले झापाको विर्तामोड नगरपालिका–३ भएर बग्ने अदुवाखोला पुलमा टिप्परले ठक्कर दिई अनुकृति चापागाइँको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् । मृतकका परिवारलाई पीडकले धम्क्याएको घटनामा छानबिन गर्न उनले गृह प्रशासनसमक्ष अनुरो गरिन् । 

नेकपा (एमाले)का नीता घतानीले भविष्यमा सवारी चालकले लापरबाही ढङ्गले सवारी चलाउँदा हुनसक्ने घटना हुन नदिन कठोर कानुनी व्यवस्था आवश्यक भएको विचार व्यक्त गर्दै पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न माग गरिन् ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका श्रद्धा कुँवरक्षेत्रीले विश्वकप फुटबल जारी रहँदा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) फिफाबाट निलम्बनमा पर्नुले सम्पूर्ण नेपाली खेलाडी र खेलप्रेमी मर्माहत भएका तथा राष्ट्रको प्रतिष्ठामा आँच आएको बताइन् ।
 
 नेकपा (एमाले)का डा अर्जुन कार्कीले सङ्खुवासभामा निर्माणाधीन प्रसारण लाइनको कामलाई रोकिन नहुने माग गरे । 

सोही पार्टीकी अम्बिकादेवी सङ्ग्रौलाले बिपी राजमार्गअन्तर्गत रोशीखोलाले कटान गरेको सडक खण्ड तत्काल पुनः निर्माण गर्नुपर्नेमा जोड दिरिन् ।
 
रास्वपाका मोहनलाल आचार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकका खाल्डा तत्काल पुर्न प्रमुख जिल्ला अधिकारीमार्फत आयोजना प्रमुखलाई निर्देशन दिइए पनि त्यो कार्यान्वयन नभएको दुखेसो गरे । 
 
सोही पार्टीका केपी खनालले कैलालीको लम्कीचुँहा अस्पताल सञ्चालनका लागि प्रदेश सरकार गम्भीर नभएको आरोप लगाए ।
 
नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले सुकुम्वासी तथा भूमिहीन नागरिकका समस्या तत्काल समाधान गर्न र प्रदेशसभा खारेजी तथा स्थानीय तहको सङ्ख्या कटौती गर्न नहुने बताइन् ।
 
नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ का नारायणप्रसाद पराजुली आज करेन्ट लागेर गम्भीर दुर्घटना परेको जनाउँदै जलविद्युत् आयोजनाका तार असुरक्षित रुपमा नछाड्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।  

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ३४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था