पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि  « Khabarhub

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो । 

पार्टीको १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि सुरु भएको कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानाको डिजिटल अद्यावधिक अभियान जारी छ । 

‘पार्टीमा सदस्यमा धेरै भन्दा धेरै युवाको सहभागिता गराउनका लागि क्रियाशील सदस्यता वितरण अभियानमार्फत ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो,’ कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । 

उनका अनुसार ती केन्द्रीय प्रतिनिधिहरूले असार ७ देखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन् । 

कांग्रेसका पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन् । 

१ लाख ४९ हजार ३०९ क्रियाशील सदस्यले पेस गरेको फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडामार्फत अद्यावधिकको प्रक्रियामा रहेको छ । 

उनीहरुलाई पार्टी सभापति गगन थापा र सदस्यता वितरण समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलले अभिमुखीकरण गराएका थिए । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : १५ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट