पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि  « Khabarhub

पार्टीमा युवा सहभागिता बढाउन ७७ वटै जिल्लामा खटिए कांग्रेसका केन्द्रीय प्रतिनिधि 


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो । 

पार्टीको १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि सुरु भएको कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानाको डिजिटल अद्यावधिक अभियान जारी छ । 

‘पार्टीमा सदस्यमा धेरै भन्दा धेरै युवाको सहभागिता गराउनका लागि क्रियाशील सदस्यता वितरण अभियानमार्फत ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो,’ कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । 

उनका अनुसार ती केन्द्रीय प्रतिनिधिहरूले असार ७ देखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन् । 

कांग्रेसका पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन् । 

१ लाख ४९ हजार ३०९ क्रियाशील सदस्यले पेस गरेको फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडामार्फत अद्यावधिकको प्रक्रियामा रहेको छ । 

उनीहरुलाई पार्टी सभापति गगन थापा र सदस्यता वितरण समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलले अभिमुखीकरण गराएका थिए । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : १५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना