भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता « Khabarhub

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।

शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।
 
भूकम्पका कारण हजारौँ मानिस बेपत्ता भएका छन् भने ठूलो सङ्ख्यामा घाइते  भएका रिपोर्ट प्राप्त भएका छन् । 

पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुयलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले तत्कालीन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो ।

लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ ।

विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो। त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ।

नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भने, ‘यो अवस्थामा उनीहरू (बेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठूलो चमत्कार हो ।’

देशको उत्तरमा रहेको काराबालेडा शहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताएका छन्। 

‘भेनेजुएलाका लागि हरेक जीवन आशाको स्रोत हो,’उनले उद्धारको भिडियोसहित एक्समा गरेको पोस्टमा लेखेका छन् ।

स्थानीय अधिकारीहरूको प्रतिक्रियाप्रति सार्वजनिक आक्रोश बढिरहेको बेला, अमेरिका समर्थित रोड्रिगेजले सहायताको लागि अन्य देशहरूलाई धन्यवाद दिएका छन् । 

संयुक्त राज्य अमेरिकाले सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्न सक्ने बताएको छ । यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ ।

बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् ।

‘यो अत्यन्तै अराजक, गर्मी र अव्यवस्थित छ,’ मियामीबाट एक्लै ला गुआइरा आएका ४३ वर्षीय अष्ट्रेलियन अग्नि नियन्त्रक क्रेग डेमिलोनले भने, ‘आशा छ, अझै पनि धेरै मानिसहरू फेला पार्न सकिनेछ।’

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग भने, ‘अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।’ रासस

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : ०६ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित