शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव « Khabarhub

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।  

मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सव(रजत बर्ष)का अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर बिकास भइरहेको वर्तमान अवस्थामा शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै विश्वविद्यालय र कलेजहरूलाई अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

उनले आजका युवाहरू केवल रोजगारी खोज्ने मात्र नभए आफ्नो प्रतिभा, नवाचार र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता बोकेका धारणा राखे ।

प्रविधि, कृत्रिम बुद्धिमत्ता, एआइ, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतासँग जोडिँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नगरी जीवन उपयोगी कौशल र मूल्यमा आधारित बनाउन सक्नुपर्ने उल्लेख गरे । 

उनले समावेशी शिक्षालाई आत्मसात् गर्दै ग्रामीण, पिछडिएको, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा  उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : ३५ बजे

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन