‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ « Khabarhub

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन् । 

प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ’, मुख्यमन्त्री शाहले भने ।

उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवा शक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे ।

‘प्रदेश सरकारले समयको मागअनुसार युवा वैज्ञानिकको क्षमता विकासका लागि प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन सरकार, युवा परिषद् र सरोकारवाला विकास साझेदारबीच सहकार्य आवश्यक छ’, मुख्यमन्त्री शाहले भने ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री मधु भारतीले पछिल्लो समय विभिन्न कारणले युवा कुलतमा फसिरहेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न प्रोत्साहन गर्नुपर्ने बताए । 

उनले सूचना प्रविधिको सही प्रयोग गर्न सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सृजनशील गतिविधिमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का डा राजकुमार ढुङ्गानालगायतले आ–आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा विज्ञान, नवप्रवर्तनका क्षेत्रमा योगदान पुर्‍याएका युवा अरुण लुहार(टीकापुर), ईन्द्रबहादुर ओझा (धनगढी), प्रकाशबहादुर साउद (बाजुरा) र विन्दु पन्त (गोदावरी)लाई सम्मान गरिएको थियो । रासस
 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : ४९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था