राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा « Khabarhub

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक खेलमा ब्राजिल र जापान भिड्दैछन् । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा पाँच पटकको विजेता टोली ब्राजिल र एशियाली पावरहाउस जापानबीचको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । नकआउट चरणमा प्रवेश गर्दा ब्राजिल निकै उत्कृष्ट लयमा देखिएको छ ।

समूह ‘सी’ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरीमा रोकिए पनि ब्राजिलले त्यसपछिका खेलहरूमा हाइटी र स्कटल्यान्डमाथि समान ३-० को सहज जित दर्ता गर्‍यो । समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले समूह चरणमा सानदार प्रदर्शन गर्दै चार गोल गरिसकेका छन् ।

अर्कोतर्फ, जापानले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । समूह ‘एफ’ को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २-२ को बराबरी खेलेको जापानले त्यसपछि ट्युनिसियालाई ४-० को भारी अन्तरले पराजित गर्‍यो । समूहको अन्तिम खेलमा स्विडेनसँग १-१ को बराबरी खेल्दै जापान उपविजेताका रूपमा अन्तिम ३२ मा पुग्न सफल भयो ।

ह्युस्टनमा हुने यस खेलको विजेताले आगामी जुलाई ५ मा न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुने ‘राउन्ड अफ १६’ को खेलमा कोट डिभोआर (आइभोरी कोस्ट) वा नर्वेमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकपको इतिहासमा यी दुई टोली यसअघि सन् २००६ को जर्मनी विश्वकपमा मात्र आमनेसामने भएका थिए । डर्टमन्डमा भएको समूह ‘एफ’ को उक्त खेलमा केइजी तामादाले ३४ औँ मिनेटमा गोल गर्दै तत्कालीन डिफेन्डिङ च्याम्पियन ब्राजिललाई स्तब्ध पारेका थिए ।

तर, त्यो गोल ब्राजिललाई ब्युँझाउन पर्याप्त बन्यो। पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा ब्राजिलले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो, जहाँ जुनिन्हो र गिल्बर्टोले गोल गरे भने रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे।

रोनाल्डोको सोही गोलले तत्कालिन समयमा गेर्ड मुलरको १४ विश्वकप गोलको कीर्तिमानसँग बराबरी समेत गरेको थियो। विगतको त्यो ऐतिहासिक भिडन्तपछि अहिलेको यो खेल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : ४३ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको