लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली « Khabarhub

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते लोकतन्त्र र वामपन्थी आन्दोलनलाई नै सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको दाबी गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको वैधानिक सरकारलाई अनेकौँ झुटा लाञ्छना लगाई, सामाजिक सञ्जाल र ‘मोबाइल फार्मङ’ मार्फत जनतामा चरम आक्रोश पैदा गरेर अवैध ढङ्गले विस्थापित गरिएको जिकिर गरे । सरकार बनाउने र फेर्ने काम संसद्को भए पनि बलजफ्ती संसद् भङ्ग गरेर प्रतिगमनलाई संस्थागत गर्ने कार्य भएको उनको तर्क थियो ।

देशविरुद्ध दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिहरू सल्बलाइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नठान्न चेतावनी दिए । आफूहरू मरेको नभई धुलो टक्टक्याउँदै फेरि उठ्ने र प्रतिक्रियावादीहरूलाई परास्त गर्दै अग्रगामी परिवर्तनतर्फ अघि बढ्ने दृढता उनले व्यक्त गरे । विकास र पूर्वाधारका क्षेत्रमा आफ्नो सरकारले गरेका कामको समीक्षा ‘प्यारामिटर’ हेरेर गर्न चुनौती दिँदै उनले निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूलाई प्रतिकूल अवस्था सिर्जना भइरहेकोबारे सचेत गराए पनि कसैले विश्वास नगरेको विगत स्मरण गरे ।

त्यतिबेला एमालेका लागि भिरको बाटो र आफ्नो लागि ‘हाइवे’ ठानेका दलहरू आज अन्ततः एउटै ठाउँमा आउनुपर्ने परिस्थिति बनेको उहाँले उल्लेख गरे । नेकपा एमालेको राजनीतिक, सामाजिक र आर्थिक नीतिहरू पूर्ण रूपमा सही रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी एकताका नाममा नीतिगत सम्झौता वा छलफल गर्ने पक्षमा आफूहरू नरहेको प्रस्ट पारे ।

जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाउँदै उनले एमालेको उद्देश्य केवल चुनाव जित्नु मात्र नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्नु रहेको बताए । वर्तमान सरकारका गतिविधिप्रति आपत्ति जनाउँदै उहाँले जारी प्रतिगमनलाई पराजित गर्न र मुलुकलाई सही दिशा दिनका लागि भने लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिल्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ०६ बजे

वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्।

टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु

टेक्सास- अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकै

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई