चट्याङ लागेर एक महिलाको मृत्यु « Khabarhub

चट्याङ लागेर एक महिलाको मृत्यु


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।

वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ९ : २० बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी