कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नेता श्रेष्ठको ७९ वर्षको उमेरमा हिजो (मंगलबार) ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने र सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : १७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट