कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा « Khabarhub

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको घोर भर्त्सेना गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा दुई पक्षबीचको विवादले उग्र रूप लिएपछि सिर्जित तनावलाई संयमित रूपमा समाधान गर्नुको सट्टा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा देवानगञ्ज–४ का ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनभन्दा बढी घाइते भएको उल्लेख छ।

पार्टीले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। सम्भावित क्षति रोक्न तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी प्रशासनले सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरवाही, नियम–कानुनविपरीतको अपराध र राज्य आतंक भएको पार्टीको ठहर छ।

सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण स्थिति थप भड्किएको र यो घटना गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण भएको विज्ञप्तिमा दाबी गरिएको छ। कानुनको उल्लङ्घन गर्दै नागरिकको ज्यान लिने र दर्जनौँलाई घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पार्टीको भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीले कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको नि:शुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।

शान्ति–सुरक्षा सुदृढ बनाउन र वार्ता तथा संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै पार्टीले स्थानीय समुदाय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र मानवअधिकारकर्मीहरूलाई संयम अपनाई सामाजिक सद्भाव र एकता कायम राख्न अपिलसमेत गरेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ५३ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी