ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ « Khabarhub

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन् ।

उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागूऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रुपैयाँसमेत बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, मोटरसाइकल र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ११ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट