पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना भएका छन् । मङ्गलबार बेलुका अचानक तीव्र चक्कर आउने र वान्ता हुने समस्या देखिएपछि उनलाई धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

उनकी छोरी मानुषी यामी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार चिकित्सकरूले डा. भट्टराईमा ‘बेनिन प्याराक्सिजमल पोजिसनल भर्टिगो’ (बीपीपीभी) को लक्षण देखिएको पुष्टि गरेका छन्।

बीपीपीभी कानको भित्री भागमा आउने गडबडीका कारण टाउकोको स्थिति परिवर्तन हुँदा अचानक चक्कर आउने एक प्रकारको स्वास्थ्य समस्या हो।

डा. भट्टराईका अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य रहेको र अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारजनले जनाएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : १५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट