सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ « Khabarhub

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि अशान्त रहेको सुनसरीको परिस्थिति समाधानका लागि प्रधानमन्त्री बालेन शाहले विशेष र पर्याप्त पहल लिइरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेले बुधबार बिहान सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारका तर्फबाट प्रस्तुत हुँदै उक्त धारणा राखेका हुन्।

सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सरकार पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भने, “सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ। उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ।”

बैठकमा अन्य राजनीतिक दलका नेताले प्रधानमन्त्री र सरकारको भूमिकामाथि उठाएका प्रश्नको जबाफ दिँदै उनले स्थिति सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए। राजनीतिक दलले सद्भाव कायम राख्न देखाएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले सर्वदलीय बैठकमा राजनीतिक दलका तर्फबाट उठेका सुझाव र विषयलाई तत्कालै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। साथै, विद्यमान समस्याको दिगो समाधानका लागि सबै दल र सरोकारवालाको सामूहिक प्रयत्नबाट साझा समाधान खोजिनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ३५ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी