गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन्  « Khabarhub

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको तनावका सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा अनुपस्थित हुनु उनीहरूको राजनीतिक शैली र कार्यशैलीसँग मेल खाने विषय भएको टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सर्वदलीय बैठकमा नजानु उनीहरूको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दुःखद विषय नै होइन’, उनले भने, ‘ती त श्मशान जाग्ने बेला बिउँझन्छन् अनि फेसबुक स्टाटसमै साक्षात्कार हुन्छन्। अर्को बेला होटल र नाकामा छापा मार्दा धम्क्याउँदै गर्जेको देखिन्छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि टिप्पणी गर्दै निरीह भनेका छन् । 

‘दुःखको कुरा सभापति रवि लामिछाने आफ्नै सत्तासामु निरीह बनेका छन्,’ बास्कोटाले उल्लेख गरेका छन्।
 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १२ : ०२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट