चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग  « Khabarhub

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको संगठित आक्रमणका दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुधबार  ज्ञापनपत्र बुझाउँदै संघले समग्र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउनुका साथै सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नै चुनौती सिर्जना गरेको बताएको छ । 

उपचारका क्रममा जीवनरक्षाको जिम्मेवारी निर्वाह गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने भन्दै संघले १० महिनामा ९० जना चिकित्सकमाथि आक्रमण भएको स्मरण गराएको छ ।

संघका प्रदेश महासचिव डा. बालकृष्ण साहले बुझाएको ज्ञापनपत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने भौतिक आक्रमणलाई गम्भीर फौजदारी अपराधका रूपमा लिई ९जमानत नहुने० कानुनी व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्न भनिएको छ । 

स्वास्थ्य संस्था वा चिकित्सकसँग सम्बन्धित उजुरी तथा छानबिन उपभोक्ता अदालत वा अन्य निकायबाट नभई प्रचलित कानुनबमोजिम मेडकिल काउन्सिल तथा अदालतमार्फत मात्र हुने स्पष्ट कानुनी व्यवस्था गर्न माखग गरिएको छ । 

स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी स्थायी संयन्त्र गठन गर्न नेपाल सरकार, नेपाल मेडिकल एसोसिएसन र अस्पताल प्रतिनिधिहरूको सहभागिता गराउन तथा नारायणी अस्पताल घटनामा चिकित्सकमाथि भएको दुर्व्यवहार तथा घटनापछि देखिएको गैरजिम्मेवार भूमिकाको निष्पक्ष छानबिन गरी जिम्मेवार अधारीहरूमाथि आवश्यक कानुनी कारबाही गर्न संघले माग गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ३६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत