१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ « Khabarhub

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको अवैध हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ जिल्लाको सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् ।

ब्यूरोका अनुसार रिजालले अन्य व्यक्तिहरूको नाममा रहेका व्यक्तिगत बैंक खाताहरू प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको देखिएको छ । 

शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालको मिलेमतोमा यति ठूलो रकमको अवैध कारोबार भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको टोलीले उनलाई २०८३ साउन १२ गते नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको थियो । 

पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ५८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा