सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध « Khabarhub

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए।

पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ । 

रासससँग कुरा गर्दै प्रजिअ भट्टराईले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भीरमा राखिएको एक्साभेटर ल्याइँदैछ । हामी जतिसक्दो छिटो  सडक खुलाउने काममा लागि रहेका छौँ ।’ 
 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०० बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ