ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल « Khabarhub

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता भइरहेका बेला भएको यस घटनाले तनाव अझै चुल्याएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टक) ले बुधबार जारी गरेको विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी फौजमाथि ‘अचानक आक्रमण’ गर्ने उद्देश्यले धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

अमेरिकी पक्षका अनुसार सबै मिसाइलहरू बीचमै अवरोध (इन्टरसेप्ट) गरिएको छ । अहिले अमेरिकी सेना उच्च सतर्क अवस्थामा रहेको छ। जोर्डनको सरकारी समाचार एजेन्सीका अनुसार उसको आकाशमा कम्तीमा पाँच मिसाइल रोकिएको थियो।

आईआरजीसीले भने जोर्डनस्थित अमेरिकी सैन्य अड्डा र सेन्ट्रल कमाण्ड केन्द्रलाई लक्षित गरी धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ।

आईआरजीसीले विज्ञप्तिमा अमेरिकाले इरानविरुद्धका गतिविधि जारी राखेसम्म प्रतिरोध पनि जारी रहने चेतावनी दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई २४ मा इरानमाथिको दुई साताको बमबारी अभियान स्थगित गर्दै इरानसँग सकारात्मक वार्ता भइरहेको दाबी गरेका थिए। तर, पछिल्ला घटनाले सम्भावित वार्ता र मध्यस्थताको प्रयासमा असर पर्ने विश्लेषण गरिएको छ।

ट्रम्पले वार्ता अघि नबढे इरानमाथि पुनः आक्रमण सुरु गर्न सकिने चेतावनी दिएका छन् भने इरानले अमेरिकासँग पुनः वार्ता गर्ने कुनै योजना नभएको बताएको छ।

ट्रम्प-नेतन्याहुलाई इरानको सन्देश

अल जजिराका अनुसार इरानको यो आक्रमण ट्रम्पलाई ‘इरानलाई सबै छलफलमा समावेश गर्नुपर्छ’ भन्ने राजनीतिक सन्देश पनि हो। भेटका क्रममा नेतन्याहुले ‘पिकएक्स माउन्टेन’ क्षेत्रमा इरानले नयाँ आणविक संरचना निर्माण गरिरहेको विषय पनि उठाउन चाहेको बताइएको छ।

हर्मुजमा तनाव कायम

हर्मुज जलडमरूमध्यको विषय पनि तनावको केन्द्र बनेको छ। अमेरिकाले इरानले केही जहाजको आवागमन अवरुद्ध गरेको आरोप लगाउँदै आएको छ । उता इरानले उक्त जलमार्गमा आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ।

बुधबार आईआरजीसीले हर्मुजमा तीन तेल ट्याङ्करलाई रोकेर नियन्त्रणमा लिएको जनाएको छ। ती जहाजहरूले चेतावनी बेवास्ता गर्दै असुरक्षित तथा अवैध मार्ग प्रयोग गरेको इरानको आरोप छ।

यसैबीच ओमानले हर्मुज जलडमरूमध्यको जहाज आवागमन संयुक्त रूपमा व्यवस्थापन गर्ने प्रस्ताव राखे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ।

इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले तेहरानले जलमार्ग बराबरी रूपमा बाँड्ने प्रस्ताव अस्वीकार गरेको र यसको सट्टा इरानले आफ्नो क्षेत्रको मार्ग व्यवस्थापन गर्ने तथा ओमानले अर्को लेनको केही भाग मात्र व्यवस्थापन गर्ने प्रस्ताव अघि सारेको बताएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ३३ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक