आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा « Khabarhub

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव सूर्यवंशीले टी-० ब्याटिङतर्फ २३० स्थानको फड्को मारेका छन्। ५३६ रेटिङ अंकसहित उनी विश्वका ४८औँ नम्बरका टी-२० ब्याटर बनेका छन्। उनी पहिलो पटक शीर्ष ५० भित्र आएका हुन् ।

यता, भारतका कप्तान शुभमन गिल फेरि एकपटक एकदिवसीय क्रिकेटका नम्बर-१ ब्याटर बनेका छन्। ओडीआई ब्याटिङ वरीयताको शीर्ष चारमा तीन भारतीय खेलाडी छन्। विराट कोहली दोस्रो र रोहित शर्मा चौथो स्थानमा छन्। टेस्ट बलिङतर्फ भने जसप्रित बुमराह शीर्ष स्थानमै कायम छन्।

सूर्यवंशीलाई ठूलो फाइदा

सूर्यवंशीले गत साता जिम्बाब्वेविरुद्धको टी-२० शृंखलामा तीन खेलमा ५०.३३ को औसतमा १५१ रन बनाएका थिए। उनले दुई अर्धशतक प्रहार गरेका थिए र ‘प्लेयर अफ द सिरिज’ पनि घोषित भएका थिए। यही प्रदर्शनका आधारमा उनको वरीयतामा उल्लेखनीय सुधार आएको हो।

ईशान किशन टी-२० का शीर्ष

टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा भारतीय विकेटकिपर-ब्याटर ईशान किशन ९१० रेटिङ अंकसहित शीर्ष स्थानमा यथावत् छन्। दोस्रो स्थानका साहिबजादा फरहान (८४८ अंक) भन्दा उनी उल्लेखनीय अन्तरले अगाडि छन्।

जिम्बाब्वेविरुद्धको दोस्रो खेलपछि ईशान ९१६ रेटिङ अंकमा पुगेका थिए। त्यसक्रममा उनले टी-२० करियरको उच्चतम रेटिङका हिसाबले विराट कोहली (९०९) र सूर्यकुमार यादव (९१२) लाई पछि पारेका थिए। तेस्रो खेलमा २९ रन मात्र बनाएपछि उनको रेटिङ ६ अंकले घटेर ९१० पुगेको हो।

टी-२० बलिङमा शीर्ष १० मा वरुण मात्र

टी-२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान ७५३ रेटिङ अंकसहित शीर्ष स्थानमा छन्। पाकिस्तानका अबरार अहमद दोस्रो र इंग्ल्यान्डका आदिल राशिद तेस्रो स्थानमा छन्। भारतबाट शीर्ष १० मा पर्ने एकमात्र बलर वरुण रहेका छन्।

शुभमन गिल फेरि नम्बर-१

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला सकिएपछि ओडीआई ब्याटिङ वरीयतामा परिवर्तन भएको हो। न्युजिल्यान्डका ड्यारिल मिचेलले पछिल्ला खेल नखेलेपछि शुभमन गिल पुनः नम्बर-१ स्थानमा उक्लिएका हुन्। मिचेल यस वर्ष जनवरीदेखि शीर्ष स्थानमा थिए।

राशिद खान शीर्ष ओडीआई बलर

ओडीआई बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा कायम छन्। यता नामिबियाका स्पिनर बर्नार्ड स्कोल्ट्जले नेपाल र नेदरल्यान्ड्सविरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्थान सुधार गरी सातौँ स्थानमा पुगेका छन्।

टेस्ट वरीयतामा ग्रीभ्स र बाबरलाई फाइदा

वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रीभ्सले पाकिस्तानविरुद्धको त्रिनिडाड टेस्टमा लगातार पाँच मेडनसहित पाँच विकेट लिँदै इतिहास रचेका थिए। त्यसपछि उनी टेस्ट बलिङ वरीयतामा २१ स्थान सुधार गर्दै ४८औँ स्थानमा पुगेका छन्।

पाकिस्तानका ब्याटर बाबर आजमले टेस्ट करियरको ३२औँ अर्धशतक बनाएपछि ब्याटिङ वरीयतामा चार स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएका छन्। टेस्ट ब्याटिङतर्फ भने अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा यथावत् छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ४१ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश