एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू) « Khabarhub

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा सद्भाव र्‍याली निकालिएको छ ।
 
बुटवलको राजमार्ग चौराहामा बुधबार विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्‍याली भएको हो ।

धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित र्‍याली आयोजना गरियो ।

युवाहरुको समूह एमआरआरको आयोजनामा भएको र्‍यालीलाई राजा–ए मुस्तफा मस्जिद समिति तथा मदिना मदरसा मस्जिदले सहयोग गरेका थिए ।

सहभागीहरूले विविधताबीचको एकतालाई अझ मजबुत बनाउँदै शान्ति र भाइचाराको भावना कायम राख्नुपर्नेमा जोड दिए । सहभागीले हात र गलामा राष्ट्रिय झण्डा बोकेका थिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : ०५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ