केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता « Khabarhub

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो तथा लेदोसहितको बाढीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिले पनि चीनतर्फ ५५४ जना बेपत्ता छन्।

सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म स्थानीय दुई जना बासिन्दाको उद्धार गरिएको छ। विपद्पछि उद्धार तथा खोजीका लागि २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ परिचालन गरिएको छ।

प्राकृतिक स्रोतसहित सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत परिचालन गरी आसपासका भीर, सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा सम्भावित भौगर्भिक जोखिमबारे निरीक्षण तीव्र पारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सम्भावित थप विपद् रोक्न पहिरोका कारण बनेको तालको निरन्तर निगरानीका लागि पाँच सदस्यीय अनुगमन टोली समेत खटाइएको छ।

यसैबीच, विपद्का कारण अवरुद्ध भएको १.०२ किलोमिटर सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

बुधबार बिहान नेपालतर्फ आएको पहिरो तथा लेदोसहितको बाढी चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुगेको थियो। यसको प्रभाव सीमावर्ती क्षेत्रमा ठूलो क्षति भएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ३९ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये