केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता « Khabarhub

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो तथा लेदोसहितको बाढीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिले पनि चीनतर्फ ५५४ जना बेपत्ता छन्।

सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म स्थानीय दुई जना बासिन्दाको उद्धार गरिएको छ। विपद्पछि उद्धार तथा खोजीका लागि २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ परिचालन गरिएको छ।

प्राकृतिक स्रोतसहित सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समेत परिचालन गरी आसपासका भीर, सडक तथा अन्य जोखिमयुक्त क्षेत्रमा सम्भावित भौगर्भिक जोखिमबारे निरीक्षण तीव्र पारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सम्भावित थप विपद् रोक्न पहिरोका कारण बनेको तालको निरन्तर निगरानीका लागि पाँच सदस्यीय अनुगमन टोली समेत खटाइएको छ।

यसैबीच, विपद्का कारण अवरुद्ध भएको १.०२ किलोमिटर सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

बुधबार बिहान नेपालतर्फ आएको पहिरो तथा लेदोसहितको बाढी चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहसम्म पुगेको थियो। यसको प्रभाव सीमावर्ती क्षेत्रमा ठूलो क्षति भएको छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : ३९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स