इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । आज बिहान सेलहस्र्ट पार्कमा सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसलाई ४–१ गोलले हराउँदै म्यानचेस्टर सिटीले सानदार जित निकालेको हो ।

सिटीका एर्लिङ हालान्ड र रयान चेर्कीले दुई–दुई गोल गरेका थिए । क्रिस्टल प्यालेसले भने एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । सिटीका जियानलुइजी डोनारुम्माले आत्मघाती गोल गरेका थिए ।

खेलको १७औँ मिनेटमा सिटीका हालान्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५४औँ मिनेटमा चेर्कीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि सिटीका डोनारुम्माले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसका नाममा एक गोल दर्ता भयो । त्यसपछि ५९औँ मिनेटमा चेर्की र ८४औँ मिनेटमा हालान्डले एक–एक गोल थपेपछि सिटी ४–१ गोलले विजयी भयो ।

यो जितसँगै सिटी लगातार दुई खेलमा दुई जित निकाल्दै ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको प्यालेस अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ९ : ०६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका