इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । आज बिहान सेलहस्र्ट पार्कमा सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसलाई ४–१ गोलले हराउँदै म्यानचेस्टर सिटीले सानदार जित निकालेको हो ।

सिटीका एर्लिङ हालान्ड र रयान चेर्कीले दुई–दुई गोल गरेका थिए । क्रिस्टल प्यालेसले भने एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । सिटीका जियानलुइजी डोनारुम्माले आत्मघाती गोल गरेका थिए ।

खेलको १७औँ मिनेटमा सिटीका हालान्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५४औँ मिनेटमा चेर्कीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि सिटीका डोनारुम्माले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसका नाममा एक गोल दर्ता भयो । त्यसपछि ५९औँ मिनेटमा चेर्की र ८४औँ मिनेटमा हालान्डले एक–एक गोल थपेपछि सिटी ४–१ गोलले विजयी भयो ।

यो जितसँगै सिटी लगातार दुई खेलमा दुई जित निकाल्दै ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको प्यालेस अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ९ : ०६ बजे

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा