त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ « Khabarhub

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका छन् ।

रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ फोडी गैरकानुनी रूपमा रकम निकाल्ने क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबै २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

बाढी तथा विपद्को मौका छोपी सरकारी, व्यापारिक तथा निजी सम्पत्तिमा तोडफोड, चोरी र लुटपाट गर्ने गतिविधिविरुद्ध सुरक्षा निकायले निगरानी तथा गस्ती बढाएको जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  १० : २६ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न