भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन « Khabarhub

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।

त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार इरहेको छ । शुक्रबार टनेलबाट १९१ जनाको सकुशल उद्धार गरिएको थियो । आज बिहान ८ बजेसम्म बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । उनीहरुलाई रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट उद्धार गरिएको हो ।

प्रभावित जिल्लामा सेनाको करिब ६ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ११ : ५४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये