भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग « Khabarhub

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेको छ।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङ, भग्नावशेष तथा अन्य जोखिमयुक्त स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन सरकारसँग आग्रह गगरेका हुन्।

आङ्देम्बेले नेपाली सेनालगायत सुरक्षा निकायले गरिरहेको खोज तथा उद्धार कार्य सराहनीय रहेको बताउँदै रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने मागसमेत राखेका छन् ।

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न स्थानमा छरिएर रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान तथा उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

छलफलका क्रममा नेता आङ्देम्बेले प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । पत्रमार्फत रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक तत्काल सफा गरी यातायात सञ्चालनमा ल्याउन, अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा पुनः सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाउन माग गरिएको छ।

त्यस्तै, स्थानीय तहसँग प्रभावकारी समन्वय गरी राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  २ : ०६ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये