रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो « Khabarhub

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन्।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २३३ शव फेला परेका छन्। यस्तै नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ।

बाढी तथा त्यसबाट सिर्जित विपद्बाट प्रभावित क्षेत्रबाट शनिबारसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको हो।

यसैबीच, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ४ : ०३ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये