रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए « Khabarhub

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारका लागि चीनले सुरुङ उद्धार विशेषज्ञसहितको हेलिकोप्टर नेपाल पठाएको छ।

चीनबाट जनमुक्ति सेनाका चार जना सुरुङ उद्धार विशेषज्ञ लिएर आएको हेलिकोप्टर शनिबार नेपाल आइपुगेको हो। उक्त हेलिकोप्टर केरुङ नाकाबाट सीधै सम्बन्धित जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा अवतरण गरेको बताइएको छ।

बुधबार बिहान आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा नेपाली र विदेशी इन्जिनियर, प्राविधिक तथा कामदार फसेका छन्। 

उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय परिचालन भइरहेका बेला चिनियाँ विशेषज्ञ टोली पनि उद्धार अभियानमा सहभागी हुने भएको हो।

चिनियाँ टोलीसँग सुरुङभित्र फसेका व्यक्तिको खोजी, उद्धार तथा जटिल भूमिगत संरचनामा उद्धार सञ्चालन गर्ने प्राविधिक विशेषज्ञता रहेको बताइएको छ। उनीहरूले नेपाली उद्धार टोलीसँग समन्वय गरी प्रभावित आयोजनामा उद्धार कार्य अघि बढाउनेछन्।

यसअघि चीनले रसुवाको बाढीबाट प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। 

यसका साथै, पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक आपतकालीन राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ।

चीनले राहत सामग्रीसँगै सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुईवटा टोली नेपाल पठाउने जनाएको थियो। 

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत संरचनामा फसेकाहरूको खोज तथा उद्धारमा ती टोली परिचालन हुने अपेक्षा गरिएको थियो।

भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै जलविद्युत् आयोजना, बस्ती, सडक तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। बाढीपछि बेपत्ता तथा सुरुङमा फसेकाहरूको खोजी र उद्धारलाई तीव्र पारिएको छ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको आगमनसँगै जटिल अवस्थामा रहेका भूमिगत संरचनामा उद्धार अभियान थप प्राविधिक र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसअघि बाढीले फसेकाहरूको उद्धारका लागि भारतीय सेनासहित २६ जनाको टोली स्याफ्रुबेँसीतर्फ गइसकेको छ ।

नेपाली सेनाको एमआई-१७ हेलिकोप्टर एनए-०३८ मार्फत् उद्धार कार्यका लागि भारतीय सेनाका ८ जना, सिग्नलतर्फका ८ जना, नेपाली सेनाका २ जना, १ जना दोभाषे, बेलिब्रिज टोलीका ४ जना र ३ जना क्रु मेम्बरसहित कुल २६ जनाको टोली गइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ४ : १४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये