त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो « Khabarhub

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका क्रममा एक जनासम्म उद्धार टोली पुगेको रिपोर्ट आएको छ। 

उद्धारका लागि शनिबार गरिएको पहिलो नियन्त्रित विस्फोट सफलतापूर्वक सम्पन्न भएको छ भने अहिले दुईवटा एक्स्काभेटरले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरेर सुरुङको बाहिरी भाग पत्ता लगाउने तथा प्रवेशमार्ग खोल्ने प्रयास जारी राखेको छ।

उद्धारमा खटिएको टोलीले सुरुङमा जमेको लेदो तथा भग्नावशेष पन्छाउँदै भित्रसम्म पुग्ने बाटो बनाइरहेको छ। शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।

टनेलभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो। नेपाली  सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली रातिदेखि नै निरन्तर उद्धार कार्यमा खटिएको छ।

उद्धार अभियानका क्रममा पहिलो नियन्त्रित विस्फोट सम्पन्न भएपछि दुईवटा एक्स्काभेटरमार्फत थप भग्नावशेष हटाउने काम भइरहेको छ। 

सुरुङभित्रको अवस्थाबारे यकिन जानकारी लिन ड्रिलिङ मेसिन तथा अन्य प्राविधिक उपकरणसमेत प्रयोग गरिएको छ।

यसबीच उद्धार सहायताका लागि नेपाल आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ।  भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन गरी आवश्यकताअनुसार थप उद्धार कार्यमा सहयोग गर्ने तयारी गरेको छ।

रसुवामा केही दिनअघि आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका संरचना तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रतिकूल मौसम, लेदो र भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यद्यपि, सुरुङभित्र एक जनासम्म उद्धार टोली पुग्न सकेको रिपोर्ट आएपछि फसेका अन्य व्यक्तिको उद्धारको सम्भावनालाई लिएर आशा बढेको छ। 

उद्धार टोलीले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी राखेको छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ४ : १६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स