त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो « Khabarhub

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका क्रममा एक जनासम्म उद्धार टोली पुगेको रिपोर्ट आएको छ। 

उद्धारका लागि शनिबार गरिएको पहिलो नियन्त्रित विस्फोट सफलतापूर्वक सम्पन्न भएको छ भने अहिले दुईवटा एक्स्काभेटरले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरेर सुरुङको बाहिरी भाग पत्ता लगाउने तथा प्रवेशमार्ग खोल्ने प्रयास जारी राखेको छ।

उद्धारमा खटिएको टोलीले सुरुङमा जमेको लेदो तथा भग्नावशेष पन्छाउँदै भित्रसम्म पुग्ने बाटो बनाइरहेको छ। शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।

टनेलभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो। नेपाली  सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली रातिदेखि नै निरन्तर उद्धार कार्यमा खटिएको छ।

उद्धार अभियानका क्रममा पहिलो नियन्त्रित विस्फोट सम्पन्न भएपछि दुईवटा एक्स्काभेटरमार्फत थप भग्नावशेष हटाउने काम भइरहेको छ। 

सुरुङभित्रको अवस्थाबारे यकिन जानकारी लिन ड्रिलिङ मेसिन तथा अन्य प्राविधिक उपकरणसमेत प्रयोग गरिएको छ।

यसबीच उद्धार सहायताका लागि नेपाल आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ।  भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन गरी आवश्यकताअनुसार थप उद्धार कार्यमा सहयोग गर्ने तयारी गरेको छ।

रसुवामा केही दिनअघि आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका संरचना तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रतिकूल मौसम, लेदो र भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यद्यपि, सुरुङभित्र एक जनासम्म उद्धार टोली पुग्न सकेको रिपोर्ट आएपछि फसेका अन्य व्यक्तिको उद्धारको सम्भावनालाई लिएर आशा बढेको छ। 

उद्धार टोलीले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी राखेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ४ : १६ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये