गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान « Khabarhub

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यस वर्ष करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटकले पुगेर स्नान गरेका छन्।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सयौँ तीर्थालु भक्तजन पैदलमार्ग हुँदै गोसाइँकुण्ड पुग्ने गर्छन्। यस वर्ष भने भदौ १० गते भोटेकोसी–रसुवा क्षेत्रमा आएको बाढीअघि नै करिब ५ हजार भक्तजन गोसाइँकुण्ड र भैरवकुण्ड पुगेको पाइएको छ।

गत वर्ष जनैपूर्णिमाको अवसरमा १० हजारदेखि १५ हजारसम्म तीर्थयात्री पैदलमार्ग हुँदै गोसाइँकुण्ड पुगेका थिए। तर, यस वर्ष भोटेकोसी–रसुवा बाढीका कारण तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा घटेको हो।

बाढीले त्रिशूली–रसुवा सडकखण्डमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याउनुका साथै सडक र अन्य भौतिक संरचनासमेत बगाएपछि गोसाइँकुण्ड जाने यात्रामा कठिनाइ भएको बताइएको छ। सडक तथा यातायात पूर्वाधारमा पुगेको क्षतिको प्रत्यक्ष असर तीर्थयात्रामा परेको हो।

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान गरेमा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण हरेक वर्ष नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत तीर्थयात्री यहाँ पुग्ने गर्छन्। गोसाइँकुण्डसँगै नजिकै रहेको भैरवकुण्डमा पनि यस वर्ष ठूलो संख्यामा भक्तजन पुगेका छन्।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ५ : ४१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये