गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान « Khabarhub

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यस वर्ष करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटकले पुगेर स्नान गरेका छन्।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सयौँ तीर्थालु भक्तजन पैदलमार्ग हुँदै गोसाइँकुण्ड पुग्ने गर्छन्। यस वर्ष भने भदौ १० गते भोटेकोसी–रसुवा क्षेत्रमा आएको बाढीअघि नै करिब ५ हजार भक्तजन गोसाइँकुण्ड र भैरवकुण्ड पुगेको पाइएको छ।

गत वर्ष जनैपूर्णिमाको अवसरमा १० हजारदेखि १५ हजारसम्म तीर्थयात्री पैदलमार्ग हुँदै गोसाइँकुण्ड पुगेका थिए। तर, यस वर्ष भोटेकोसी–रसुवा बाढीका कारण तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा घटेको हो।

बाढीले त्रिशूली–रसुवा सडकखण्डमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याउनुका साथै सडक र अन्य भौतिक संरचनासमेत बगाएपछि गोसाइँकुण्ड जाने यात्रामा कठिनाइ भएको बताइएको छ। सडक तथा यातायात पूर्वाधारमा पुगेको क्षतिको प्रत्यक्ष असर तीर्थयात्रामा परेको हो।

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान गरेमा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण हरेक वर्ष नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत तीर्थयात्री यहाँ पुग्ने गर्छन्। गोसाइँकुण्डसँगै नजिकै रहेको भैरवकुण्डमा पनि यस वर्ष ठूलो संख्यामा भक्तजन पुगेका छन्।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ५ : ४१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स