गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो « Khabarhub

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्‍टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्‍टि गरेको जानकारी दिएको छ । 

पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गहरूको अन्त्येष्‍टि गरेको प्रमख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए। ‘गोरखामा शवगृहको अभाव छ । दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्‍टि गरेका हौँ’, उनले भने। 

उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्‍टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्‍टि गर्नु परेको उनले बताए। 

प्रजिअ श्रेष्ठका अनुसार गोरखामा २३ वटा पहिचान खुल्नसक्ने सग्लो शव भेटिएका छन् । हालसम्म फेला परेका सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ । बाँकी शव भने प्रदेश अस्पताल गोरखा एवं एनपिआइ गोरखा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म आइपुग्दै छन् । 

जिल्ला प्रहरी कार्यालयले २९ वटा शवको सहिदलखन गाउँपालिका–९ बुङ्कोटघाटस्थित बूढीगण्डकीको किनारमा अन्त्येष्‍टि गरेको छ । प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवको अन्त्येष्‍टि गरिएको जनाएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ६ : १० बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७