चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार « Khabarhub

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसो जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।  

धुन्चे अस्पतलाका वरिष्ठ सर्जन डा. सुनीलकुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा ‘रेफर’ गरिएको जानकारी दिए ।

घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि यसअघि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ७ : २० बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स