तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए « Khabarhub

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो ।

फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उनले बताए । उनले भने, “उद्धार टोली जान नसक्ने स्थानमा ड्रोनबाट हेर्ने काम सुरु गरेका छौँ । यसले शव खोज्न सहज हुनेछ ।”

आज चार वटा शव फेलापरेसँगै तनहुँको त्रिशूली नदीबाट ३५ वटा शव निकालिएको छ । त्यसमध्ये ११ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २४ वटा शव पोखरा पठाइएको छ ।

प्रदेश अस्पताल दमौलीमा राखिएका शवको फोटो खिचेर क्युआर कोडबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । यसले मृतकका आफन्तलाई शवको पहिचान गर्न सजिलो हुने प्रजिअ तिवारीले बताए । आइतबार शव व्यवस्थापन जिल्ला समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गरिएको छ । प्रदेश अस्पताल दमौलीमा राखिएको शवको डिएन परीक्षणकोसमेत तयारी गरिएको प्रजिअ तिवारीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ३० बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज