बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ ! « Khabarhub

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको सरकार ठूला भ्रष्टाचारका प्रकरणहरूमा पछि हट्नु विडम्बनापूर्ण रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने र प्रधामनमन्त्री वालेन्द्र शाहको तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणाली र कानुन कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।

लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने भए पनि विद्यमान प्रणालीले साना र पहुँचहीनलाई मात्रै कारबाहीको दायरामा ल्याउने र ठूला दोषीलाई उन्मुक्ति दिने काम गरिरहेको उनको तर्क छ।

“झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नपुगेर निर्दोष ठहर्ने हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?,” भट्टराईले प्रश्न गरेका छन्।

देशलाई निरन्तर रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषका गिरोहहरूलाई पहिले अन्त्य नगरेसम्म देशमा सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने दाबीसमेत उनले गरेका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ८ : ५२ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा