प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आग्रह गरेका छन् । 

रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले प्रधानमन्त्री विपद् राहत कोष भनेर कोषको नामकरण गर्न आग्रह गरेका छन् । 

यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि खरेलको धारणा छ। ‘हामीले पटक-पटक भनेका छौँ, विपद् दैवी प्रकोप होइन यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सिर्जित हुन्छ भन् कुरा हामीले महसुस गरेका छौँ ।’ 
 

खरेलले अगाडि भने, ‘प्रधानमन्त्रीलाई आग्रह गरेको थिए सदनबाट कि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन प्रधानमन्त्री विपद् राहत कोष भनेर त्यो कोषको नामकरण गरियोस् भनेको थिए । त्यसको जवाफको पर्खाइमा म रहेको छु ।’

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व फेर्न समेत माग गरेका छन्। सहसचिवले त्यो नेतृत्व धान्न नसक्ने भन्दै खरेलले फेर्न माग गरेका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ४६ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा