प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आग्रह गरेका छन् । 

रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले प्रधानमन्त्री विपद् राहत कोष भनेर कोषको नामकरण गर्न आग्रह गरेका छन् । 

यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि खरेलको धारणा छ। ‘हामीले पटक-पटक भनेका छौँ, विपद् दैवी प्रकोप होइन यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सिर्जित हुन्छ भन् कुरा हामीले महसुस गरेका छौँ ।’ 
 

खरेलले अगाडि भने, ‘प्रधानमन्त्रीलाई आग्रह गरेको थिए सदनबाट कि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन प्रधानमन्त्री विपद् राहत कोष भनेर त्यो कोषको नामकरण गरियोस् भनेको थिए । त्यसको जवाफको पर्खाइमा म रहेको छु ।’

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व फेर्न समेत माग गरेका छन्। सहसचिवले त्यो नेतृत्व धान्न नसक्ने भन्दै खरेलले फेर्न माग गरेका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ४६ बजे

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि