रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग « Khabarhub

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए । 

उनले हालैको वर्षापछि आएको बाढी/पहिरोका कारण म्याग्दीस्थित सुरुङमा कार्यरत केही बेपत्ता भएकाले सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न पनि माग गरे । 

फोन सम्पर्क नहुँदा वास्तविक क्षति भए/नभएको स्पष्ट विवरण आउन नसकेको र प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग बुझ्दा पनि त्यहाँका बासिन्दा प्रभावित भएको तर विस्तृत सूचना प्राप्त हुन नसकेको उनले बताए । 

उनले सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न तथा सूचना आदानप्रदान सहज बनाउन उक्त क्षेत्रमा तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ४४ बजे

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि