रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग « Khabarhub

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए । 

उनले हालैको वर्षापछि आएको बाढी/पहिरोका कारण म्याग्दीस्थित सुरुङमा कार्यरत केही बेपत्ता भएकाले सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न पनि माग गरे । 

फोन सम्पर्क नहुँदा वास्तविक क्षति भए/नभएको स्पष्ट विवरण आउन नसकेको र प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग बुझ्दा पनि त्यहाँका बासिन्दा प्रभावित भएको तर विस्तृत सूचना प्राप्त हुन नसकेको उनले बताए । 

उनले सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न तथा सूचना आदानप्रदान सहज बनाउन उक्त क्षेत्रमा तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ४४ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा