बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द « Khabarhub

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ ।

कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताए। 

‘सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनमा पुलमा तत्काल सवारी सञ्चालन गर्न उपयुक्त नदेखेपछि रोक लगाएका हौँ’, उनले भने, ‘काठमाडौँबाट थप विज्ञ टोली पुलको निरीक्षणमा आउँदै हुनुहुन्छ, उहाँहरुको सुझावका आधारमा पुलको मर्मतपछि मात्रै सवारी सञ्चालन गरिनेछ ।’

पुल सञ्चालनमा ल्याउन केही समय लाग्ने भएपछि तत्काललाई चापाकोट ७ र रापपुर ६ जोड्ने गौरीघाटको पुललाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने उक्त सडकले तनहुँको भिमाद–स्याङ्जाको केलादीघाट–पाल्पाको रामपुर–मित्याल र नवलपुरको अरुणखोला जोड्दै आएको छ । पुलमा क्षति पुगेसँगै उक्त सडक भएर यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न पर्दा सास्ती खेप्नुपरेको छ । 

इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट–६ वडा कार्यालयसँगको समन्वयमा पुलमा सवारीसाधन तथा मानिसलाई आवतजावतमा रोक लगाएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बताए।

चापाकोट १० किसान र रामपुर–१० होस्दी जोड्ने कालीगण्डकीमा भर्खरैमात्रै निर्माण भएको पुलमा पनि सवारी आवागमन बन्द गरिएको छ । बाढीले पुलमा खास ठूलो क्षति नगरे पनि पुलसम्म पुग्ने पहुँचमार्ग भासिएकाले सवारी आवागमन बन्द गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ३३ बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही