तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार   « Khabarhub

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो क्षति पुर्‍याएको छ ।

करोडौँ रुपैयाँ खर्चेर संरक्षण गरिएको क्षेत्र बाढीपछि क्षतविक्षत बनेको छ । चितवन महोत्सव आयोजना स्थलमा अहिले ढुंगा र माटो मात्रै देखिन्छ भने कतिपय ठाउँ कटान भएको छ ।  

‘सी–बिच’ मोडलमा निर्माण गरिएको संरचनाले थप क्षति रोक्न केही भूमिका खेलेपनि किनार खण्डहरजस्तै बनेको छ ।

बाढी आएपछि किनारमा रहेका कतिले आफ्नो घर, पसलबाट सामान सार्न पनि भ्याएनन् । बाढी पसेपछि कति स्थानीय अहिले सरसफाइ र सामान सार्न व्यस्त छन् ।

नदीको कटान बढ्दै गए नारायणगढ बजारसमेत जोखिममा पर्न सक्ने स्थानीयको चिन्ता छ । २०१९ सालदेखि नारायणगढ बस्दै आएका प्रभातकुमार जोशीले नारायणी किनारको संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताए । 

नदीको संरक्षण नगरेमा र प्रकृतिलाई जिस्काएर किनारमै बस्ती विस्तार गर्न थालेमा नारायणगढ बजारको भविष्य नै जोखिममा पर्ने उनले चिन्ता व्यक्त गरे ।  

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : १४ बजे

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते