तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार   « Khabarhub

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो क्षति पुर्‍याएको छ ।

करोडौँ रुपैयाँ खर्चेर संरक्षण गरिएको क्षेत्र बाढीपछि क्षतविक्षत बनेको छ । चितवन महोत्सव आयोजना स्थलमा अहिले ढुंगा र माटो मात्रै देखिन्छ भने कतिपय ठाउँ कटान भएको छ ।  

‘सी–बिच’ मोडलमा निर्माण गरिएको संरचनाले थप क्षति रोक्न केही भूमिका खेलेपनि किनार खण्डहरजस्तै बनेको छ ।

बाढी आएपछि किनारमा रहेका कतिले आफ्नो घर, पसलबाट सामान सार्न पनि भ्याएनन् । बाढी पसेपछि कति स्थानीय अहिले सरसफाइ र सामान सार्न व्यस्त छन् ।

नदीको कटान बढ्दै गए नारायणगढ बजारसमेत जोखिममा पर्न सक्ने स्थानीयको चिन्ता छ । २०१९ सालदेखि नारायणगढ बस्दै आएका प्रभातकुमार जोशीले नारायणी किनारको संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताए । 

नदीको संरक्षण नगरेमा र प्रकृतिलाई जिस्काएर किनारमै बस्ती विस्तार गर्न थालेमा नारायणगढ बजारको भविष्य नै जोखिममा पर्ने उनले चिन्ता व्यक्त गरे ।  

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : १४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई